काठमाडौ, भाद्र ८ -
प्रधानमन्त्री सुशील कोइरालाले राजधानीबाहिर रहेका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई राजनीतिक संवादका लागि सरकार र दलहरूसँग बस्नका लागि चाँडै र्फकन आइतबार आग्रह गरेका छन्। वैद्यले भने आफूहरूले यसअघि राखेको ८ बुँदे राजनीतिक प्रस्तावको प्रगति विवरणबारे जिज्ञासा राखेका थिए।
'बृहद् राष्ट्रिय राजनीतिक सभामार्फत संविधानका अन्तरवस्तुमा छलफल हुनुपर्ने हाम्रा मागमा सरकार र दलहरूको धारणा के छ भनेर मैले प्रधानमन्त्रीलाई सोधें,' पार्टी कार्यक्रममा तानसेन रहेका वैद्यले कान्तिपुरसँग भने, 'वार्ताका लागि वार्ता मात्रै नगरौं। तपाईंहरूको कुरा के हो भनेपछि उहाँले काठमाडौंमै आउनुस्। छलफल गरौं भन्नुभएको छ।'
स्रोतअनुसार सरकारले वैद्यसहितका राजनीतिक मोर्चासँग आइतबार नै वार्ता गर्न खोजेको थियो। सरकार र ठूला दलले राजनीतिक सभाबारे गृहकार्य नगरेको बुझेपछि माओवादीले आलटाल गरेको हो। आफू सोमबार राजधानी र्फकने तर वार्ता कहिले हुने भने टुंगो नभएको वैद्यले जानकारी दिए।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:१५

No comments:
Post a Comment