Monday, August 25, 2014

स्वास्थ्यकर्मी पिटिइन्

ताप्लेजुङ, भाद्र ८ - 
कुटपिटबाट घाइते फाकुम्बा उपस्वास्थ्यचौकीकी अनमि आशा थोप्रालाई उपचारार्थ जिल्ला अस्पताल ल्याइएको छ। कार्यालयबाट घर र्फकने क्रममा दुई महिलाको आक्रमणमा परेकी उनलाई शनिबार साँझ अस्पताल ल्याइएको हो। फाकुम्बा सदरमुकाम फुङलिङबाट एक दिन पैदलमा छ। उनको जीउ, अनुहार र टाउकामा चोट लागेको अस्पतालले जनाएको छ। छाती धेरै दुखेकाले बोल्न अप्ठ्यारो महसुस भएको बताएकी थोप्राले आफू कुटिनुको कारण थाहा नभएको बताइन्। आशाका श्रीमान् गोपाल थोप्राले मोबाइल, शरीरमा लगाएको सिक्रीलगायत सुन हराएको बताए।

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५२

No comments: