ताप्लेजुङ, भाद्र ८ -
भौगोलिक विकटता र पातलो बस्ती रहेको जिल्लामा बिनाझन्झट विद्युत् उत्पादन गर्न सकिने भएको छ। छोटो दूरीमा पनि उत्पादन दिने र यातायात सुविधा नभएको गाउँमा सजिलै बोकेर लान सकिने मेसिन भित्र्याइएको हो।
यु फेन्ज ट्रेडिङ कन्सर्न प्रालिले चीनमा निर्माण गरेको मेसिन यु फुङ प्रालिले नेपाल ल्याएको हो। दुई महिनाअघि काठमाडांै ल्याएका १ सय ७० वटा मेसिन परीक्षणका लागि जिल्ला/जिल्लामा पठाइएको कम्पनीले जनाएको छ।
दुर्गममा बढी उपयोगी हुने ठानेर जिल्लाहरूमा लगिएको कम्पनीका म्यानेजर लीले बताए। ताप्लेजुङ नगरपालिकामा दुइटा राखिएको छ। सदरमुकाम फुङलिङको पराजुली चोक र नगरपालिकाको कोठेबारीमा परीक्षणका लागि राखिएको हो। एउटा मेसिनबाट तीन किलोवाट उत्पादन भएको विद्युत् स्थानीयले उपयोग गरेका छन्। मेदिबुङमा सिँचाइका लागि लगिएको कुलोको पानीबाट उत्पादन गरिएको हो। ९० एमएमको पाइपमा ल्याइएको पानीले ४० मिटर तल मेसिनमा दबाब दिँदा ३ किलोवाट उत्पादन भएको हो। काठमाडौंको फर्पिङमा दुई महिना अघिदेखि परीक्षण भइरहेको छ। सिद्धिदेवी गाविसमा सार्वजनिक ठाउँमा बालिएको लीले बताए। जडानका लागि इन्जिनियर वाई चीनबाटै आएका छन्।
मंगलबार जडान गरिएको मेसिनबाट भोल्टेज कमबेसी हुने समस्या नभएको सीपी भट्टराईले बताए। 'सदरमुकामको विद्युत् तलमाथि हुँदा टीभी, कम्प्युटर, रेडियो बिगारेर हैरान थियो, यसको त्यस्तो समस्या देखिएन,' उनले भने। उत्पादन भएको एक किलोमिटर क्षेत्रमा क्षमता नघटी विस्तार भएको विद्युत्मा काम गरिरहेका सुधीर सिग्देलले बताए।
नेपालमा ल्याइएका तीनदेखि आठ किलोवाटसम्म उत्पादन गर्न सकिने मेसिनको मूल्य भने निर्धारण भएको छैन। लीका अनुसार तीन किलोवाटको मेसिनलाई चीनमा नेपाली रुपैयाँ करिब ६४ हजार (३८०० युआन) पर्छ। २० वर्ष टिक्ने मेसिनको पाँच वर्ष ग्यारेन्टी भएको लीले बताए। 'ग्यारेन्टी अवधिमा बिगि्रए पूरै मेसिन फेर्छौं, मर्मतको पनि व्यवस्था मिलाउँछौं,' उनले भने। खोला नजिकै बस्ती भए खोलाकै छेउमा उत्पादन गर्न सकिने मेसिन बढी क्षमताको अर्डर गरे पनि उपलब्ध गराउने इन्जिनियर बताउँछन्।
प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०५

No comments:
Post a Comment