September 10
बुटवल । उपचार केन्द्रको भर्ना गरेको ३ दिनमा नै बुटवलका एक युवाको रहस्यमय तरिकाले मृत्यु भएको छ ।
बुटवल १५ निबासी ३१ बर्षीय राम प्रसाद भट्टराइको कपिलबस्तुको बैरिया स्थित आस्था लागु औषध तथा मद्यपान उपचार केन्द्रमा मृत्यु भएको हो ।
मदिरा पिउने लतबाट हैरानीमा परेका परिवारले उनलाई भदौ २२ गते उपचार केन्द्रमा पुराएका थिए । मृतक भट्टराइको आंखा, हात, खुट्टा, नारी तथा कोखामा निलडाम देखिएको बाबु कृष्णप्रसाद भट्टराइले बताए ।
३ महिनामा ठिक गरिदिने भन्दै केन्द्रले भर्ना लिएको उनको भनाइ छ । उपचारका लागि भर्ना गरिएका रामप्रसादको कुटाइबाट मृत्यु भएको भन्दै परिवारजनले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
परिवारजनले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना सहित बुधबार जाहेरी दिएका छन् ।

No comments:
Post a Comment