Wednesday, September 10, 2014

लुटपाट गर्न खोज्ने दुई युवक पेस्तोलसहित पक्राउ

September 10
धनुषा । तहतियार देखाई लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहाको चिकना ६ का २१ वर्षीय विरेन्द्र दास र धनुषा सवैला ६ का २४ वर्षीय शिवशंकर दास छन् ।

उनीहरुको साथबाट एक नाल कटुवा पेस्तोल र ७.६२ मि.मि. गोली एक राउण्ड तथा एउटा खोका बरामद गरेको छ ।

 धनुषाको लवटोली गाविस ८ वस्ने फुपाजु मनौरी दासको घरमा पेस्तोलबाट एक राउण्ड फायर गरी निजको घर लुट्ने क्रममा स्थानीय बासिन्दाले होहल्ला गरेपछि एपीएफ टोली र स्थानीय प्रहरी गएको थियो ।

लुटेराहरु मध्ये दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

No comments: