Thursday, September 18, 2014

नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न लोकमानलाई सुशासन समितिको निर्देशन

September 18
ठूलो पदका कर्मचारी  र  राजनीतिककर्मी माथि अनियमितता र भ्रष्टाचारको प्रभावकारी छानबिन गर्न कानुन संसोधन गर्ने तयारी भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले बताएका छन्। 
 
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिलाई उनले यस्तो जवाफ दिएका हुन्।  
 
समितिमा सभासद्हरुले आयोगले निर्दोष व्यक्ति लाई दुख दिने र साना तहका कर्मचारीलाई मात्र कारबाही हुने गरेको भनेर आलोचना गरेको थियो। 
 
आयुक्त कार्कीले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सबैलाई कारबाही गर्ने गरेको स्पष्ट पारेका थिए। 
 
मुलुकमा हाल नीतिगत भ्रष्टाचार निकै बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिले  निर्देशन दिएको छ। 
 
समितिका सभापति शेरधन राइका अनुसार  नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो अधिकार क्षेत्रभित्र ल्याई आवश्यक प्रक्रिया अघि बढाउन समितिले अख्तियारलाई निर्देशन दिएको छ।  
 
बैठकमा प्रमुख आयुक्त कार्कीले समितिको निर्देशनबमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै समितिका सुझावलाई ग्रहण गरी बिना पूर्वाग्रह काम कारबाही अघि बढाउने बताएका छन्। 
 
बैठकमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको सन्दर्भमा सभापति राईले त्यसबारेमा आफूलाई जानकारी नभएको भन्दै क्षमायाचना गर्नुका साथै आगामी दिनमा त्यस्तो हुन नदिने विश्वास दिलाए। ।रासस 

No comments: