Wednesday, September 10, 2014

फेसबुकमा कटवाल र श्रेष्ठको किताव जलाउन लायक भनेपछि … पूर्वमन्त्री श्रेष्ठ भन्छन्- मेरो किताब किन जलाउने ?

September 10
काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङगत कटवालको आत्मकथा र आफ्नो उपन्यासलाई एक माओवादी नेताले जलाउने सूचीमा राखेको भन्दै पूर्वमन्त्री रवीन्द्र श्रेष्ठले आपत्ति जनाएका छन् ।

 Khem-and-rabindraKhem-and-rabindra
हालै बजारमा आएको श्रेष्ठको उपन्यास ‘उदास शनिबार’ र कटवालको आत्मकथाबारे माओवादी नेता खेम थपलियाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- ‘यी पुस्तकहरु जलाउन लायक छन् ।’
 वैद्य माओवादीमा आवद्ध प्रगतिशील लेखकसमेत रहेका थपलियाले आफ्नो स्टाटसमा लेखेका छन्-‘पूर्व माओवादी नेता रविन्द्र श्रेष्ठद्वारा लिखित उपन्यास ‘उदास शनिबार’ र नेपाली सेनाका पूर्वप्रमुख रुक्माङ्गद कटुवालको ‘आत्मकथा’ प्रचण्ड-बाबुरामको विरोध गर्ने नाममा महान् जनयुद्धको विरुद्ध लेखिएका पुस्तक हुन् । Khem-Thapalia-Status
Khem-Thapalia-Statusयसले माओवादी गलत हुन्, माओवादी सिद्धान्त गलत हो, जनयुद्ध गलत थियो आदि आदि सन्देश प्रवाह गरेको छ । त्यसैले सम्पूर्ण क्रान्तिकारी, देशभक्त लेखक तथा साहित्यकार एकजुट भएर यसको भण्डाफोर गरौँ । यिनीहरूका विरुद्ध आवाज बुलन्द गरौँ । सङ्घर्षको मोर्चा कसौँ ।’ मेरो किताव किन जलाउनुपर्‍यो ?
आफ्नो पुस्तकलाई जलाउन लायक भनिएकोमा पूर्वमन्त्री श्रेष्ठले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आक्रोश पोख्दै भने- ‘मेरा मित्र खेम थपलियाजीले आफ्नो स्टाटसमा उदाश शनिबार जलाउनुपर्छ भनेर फोटो पनि राख्नुभएछ । हामी माओवादीमा सँगै काम गरेका हौं ।

 लेखकीय स्वतन्त्रता उहाँलाई जति छ, त्यो मलाई पनि छ । मेरो किताव किन जलाउनुपर्‍यो ?’ ‘मेरा नेताप्रति मैले आलोचना गरें, या प्रशंसा जे गरें, त्यो मेरो कुरा हो,’ पूर्वमन्त्री श्रेष्ठले भने- ‘कटवालजीले पनि एउटा किताव लेख्नु भो, उहाँले पनि फि्रडम पाउनुभएको छ ।

हामी सबै मिलेर ल्याइदिएको फि्रडम हो । उहाँले किताब लेखेर के अपराध गर्नुभयो ?’ श्रेष्ठले थपे- ‘उदास शनिबारसँगै उहाँले कटवालको किताब पनि राख्नुभएछ र यी किताव जलाउनुपर्छ, जलाउनयोग्य छन् भनेर लेख्नुभएछ । जलाउने नै हो भने त जलाउने कुरा अरु धेरै छन् ।

जाबो दुईटा किताबलाई किन तार्गेट बनाउनुपर्ने उहाँले ?’ पूर्व माओवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका श्रेष्ठले ०६१ सालतिर मणि थापासँगै माओवादी परित्याग गरेका हुन् । पछि उनी नेकपा एमालेमा प्रवेश गरेर एमालेको पोलिटब्यूरो सदस्य एवं माधव नेपालका पालामा सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

 श्रेष्ठले हालै लेखेको ‘उदास शनिबार’ उपन्यासमा प्रचण्ड, बाबुराम भट्टराई, बादल, हिसिला यमी, किरण आदिको नामै उल्लेख गरेका छन् । उपन्यासमा माओवादी जनयुद्धको परिवेश देखाइएको छ भने नेतृत्वको आलोचना गरिएको छ ।

 यसैवीच बुधबार राजधानीको बागबजारमा श्रेष्ठको उपन्यासमाथि प्राज्ञ अमर गिरी र बरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले टिप्पणी गरेका थिए ।

No comments: