Wednesday, September 10, 2014

रसियन लगानीकर्तालार्इ नेपालमा लगानी गर्न अाग्रह

September 10
काठमाडौं। नेपालका लागि रसियाली राजदूत डा. सर्जेइ भिसिलेइभिच भेलिच्किनलेले रसियामा नेपालबाट कार्पेट, पश्मिना, हस्तकलाका बस्तुलगायत चिया तथा कफीको निर्यात गर्न सकिने बताएका छन्। उनले रसियासँगको व्यपारघाटा कम गर्न बजारको अध्ययन-अनुसन्धान तथा नेपाल बारे प्रचार प्रसारलाई प्रभावकारी बनाउन सुझाव दिए ।
Chamber
 नेपाल चेम्वर अफ कमर्समा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन्। रसियाली पर्यटकलाई नेपालप्रति आकर्षित गराउन नेपालको हवाई क्षमता विस्तार गर्नु पर्ने उनले बताए। नेपाल-रसिया बीच जनस्तरमा सम्वन्ध विस्तार गर्न सक्दा रसियाली पर्यटक नेपालप्रति आकर्षित हुने उनले बताए।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र रसियाबीचको संयुक्त लगानीमा लगानीका प्रशस्त संभावना रहेको बताए। उनले पूर्वाधार निर्माण, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रका आफ्ना पूँजी, सीप र अनुभवलाई नेपालमा उपयोग गर्न राजदूत मार्फत लगानीकर्तालाई आग्रह गरे।

 लगानी विस्तार गरी दुई देश विचको आर्थिक सम्वन्धलाई थप मजबुत बनाउन आग्रह पनि गरे। उनले छिमेकी मुलुक चीन, भारत लगायतका सार्क राष्ट्रहरुको बजारलाई लक्षित गरेर नेपालमा लगानी गर्न अनुरोध गरेका छन्।

अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योग लगायत सेवा क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताउंदै रसियाका लगानीकर्ताहरुले यसबाट प्रशस्त फाईदा लिन सक्ने बताए।

उनले नेपालले सन् २०२२ सम्म विकासशील राष्ट्रमा रुपान्तरण हुने लक्ष्य लिएकोले ठूलो लगानी र प्रविधिको आवश्यकता माथि जोड दिएको जानकारी दिादै चेम्वरले विदेशी लगानीकर्ताहरुलाई उद्योग स्थापना तथा करलगायतका आवश्यक सूचनाहरु उपलव्ध गराई सहयोग गर्न तयार रहेको बताए ।

 श्रेष्ठले रसियासंगको व्यापार घाटा कम गर्न नेपाली निर्यात योग्य बस्तुहरुलाई विभिन्न सुविधा उपलव्ध गराउन आवश्यक पहल गर्न अनुरोधसमेत गरे । छलफलका अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु निलकण्ठ चौंलागाई,सन्तोष कुमार पाण्डे, पर्शुराम दाहाल, सहकोषाध्यक्ष राजारत्न तुलाधर एवं कार्यसमिति सदस्यहरुले राजदूत समक्ष विभिन्न जिज्ञासा राखेका थिए ।

No comments: