September 10
काठमाडौं । नयाँ संविधानमा नमिलेका विषयमा सहमति जुटाउन र नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय राजनीतिक सम्मेलन बोलाउनका बारे छलफल गर्न प्रमुख तीन दलका नेताहरु बुधवार विहानैदेखि छलफलमा जुटेका छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको पहलमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच सिंहदरवारमा छलफल भइरहेको छ । संविधानका अन्तरवस्तुमा दलहरुबीच सहमति नजुट्दा एकातिर संविधान निर्माणको कार्यतालिका प्रभावित हुन लागेको छ भने अर्कोतिर दलहरुबीच दूरी पनि बढेको छ ।
तीन दलबीच विवादित विषयमा सहमति खोज्ने प्रयास जारी छ । नेकपा माओवादी सहितका संविधानसभा बाहिरका दलहरुलाई समेटेर राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्ने बारे पनि छलफल हुदैछ । एमाओवादीले पहिले वैद्य माओवादीसँग राजनीतिक सम्मेलन गरेपछि मात्र संविधान निर्माणका अरु प्रक्रियामा जानु उचित हुने बताएको छ ।

No comments:
Post a Comment