Wednesday, September 10, 2014

होसियार्!!! ट्रान्सिट्मा चोरी होला नि!

September 10

प्राय: जसो नेपालीहरु नेपाल आउँदा सस्तो प्लेन फेअर खोजेर कुनै न कुनै देश मा ट्रन्सिट पारेर नेपाल आएका हुन्छन । हिजो भदौ २४ गते स्पेनमा रहनु हुने एक जना NRN निलन खनाल जस्को सामान इन्डिया ट्रन्सिट्मा हुँदा दिल्ली एअरपोर्ट बाट चोरि भयको छ ।

उहा बिगत लामो समय देखी स्पेनमा रह्दै आउनुभएको थियो र उहाले आफ्नो परिवार लागी नोकिया मोबाईल फोन र स्याम्सुङ ज्ञालेक्सी पठाउनु भएको थियो जुन मोबाईल इन्डिया ट्रन्सिट्मा दिल्ली एअरपोर्ट बाट कसैले लगेज फोरेर साम्सुङ ज्ञालेक्सी मोबाईल झिकिदिएको रहेछ ।

 खनालका अनुसार सँग भएको मोबाईलमा नोकिया मोबाईल तेही राखेर सम्सुङ ज्ञालेक्सी लग्नुको कारण महँगो भएकोले लगेको हुन सक्ने अनुमान उहाले लगाउनु भएको छ । उहा अगडी भन्नुहुन्छ यदी यसरि सामान छोरी हुने हो भने हामिले कुन आधार मा ढुक्क भएर लगेज रूम्मा रख्ने हो ।  

No comments: