Thursday, September 18, 2014

शैक्षिक अनियमितता गर्नेविरुद्ध मुद्दा

September 18
एसएलसी परीक्षामा अङ्क फेरबदल गरी अनियमितता गर्ने जिल्ला शिक्षा कार्यालय गोरखाका तत्कालीन विद्यालय निरीक्षक रेशमबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 
काभ्रे जिल्ला बाल निकेतन उच्च माध्यामिक विद्यालयमा २०६९ सालको एसएलसी परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्कमा २७ देखि ९० अङ्कसम्म थप गरी डिस्टिङ्सनमा पास गराएको अख्तियारको आरोप छ। 
 
थापालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ द्वारा परिभाषित कसुर गरेको हँुदा ऐनको दफाद्वारा व्यवस्थित सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको हो। ।
 
 
त्यसैगरी आजै आयोगले प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रहरी सहायक निरीक्षक गङ्गाबहादुर अधिकारीले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएकाले निजमाथि पनि हदैसम्मको दण्ड सजाय मागदाबी गरी विशेष अदालतमा अर्को मुद्दा पनि दायर गरेको छ। रासस

No comments: