Wednesday, September 10, 2014

बजार खुलेको आधा घन्टामै १७ अंकले बढ्यो नेप्से (अपडेट)

September 10
काठमाडौं । बुधरबार बजार खुलेको आधार घन्टामै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिउसो एक बजे १८ करोड रूपैयाँको कारोबार भयो । १७ अंकको वृद्विबाट फर्कियो । १२:५० बजे १२ अंकको मात्रै वृद्वि ।
 Bull
 बजार १७ अंकले बढ्यो। ३८ मिनेटभित्र सेयर बजारमा १० करोड १६ लाख रुपैयाँ बराबरका सेयर किनबेच भइसकेका छन्। दिउसो १२:३० मा नेप्से १७ अंकले बढेर परिसूचक ९ सय ३७ अंकमा पुगेको छ । हरेक दिन नेप्सेमा १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ ।

 मंगलबार नेप्से ४४.५० अंकले बढेको थियो । त्यसअघिका दुई सता नेप्से निरन्तर घटेको थियो । मंगलबार नेप्सेमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपालले सरकार सेयर बजारप्रति गंभिर भएकाले लगानीकर्तालाई नडराई लगानी गर्न आग्रह गरेका थिए ।

 त्यसैगरी धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले पनि नेप्सेको गिरामा चलखेल हुनसक्ने भन्दै लगानीकर्तालाई नडराई लगानी गर्न आग्रह गरेका थिए । सरकारी निकायको आग्रहसँगै नेप्सेमा भारी उछाल आएको छ । भदौ ४ गने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा लागनीसम्बन्धी परिपत्र जारी गरेपछि सेयर खेलाडीहरुले त्यसको अपव्याख्या गर्दै सेयर घटाउन चलखेल गरेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

 के भन्छन विश्लेषक ? सेयर विश्लेषक रविन्द्र भट्टराई सरकारी निकायको मंगलबारको अभिव्यक्तिको प्रभाव सेयर बजारमा परेको बताउँछन् । ‘दुई सय अंकको करेक्सन भइसकेको अवस्थामा कम्पनीहरुको सेयर मुल्य सस्तो भएकाले लगानीकर्ता आकषिर्त भएको देखियो’ भट्टराईले अनलाइनखबरसँग भने -लगानीकर्ताले कम्पनी छानेर सेयर किन्न सके राम्रो कमाउन सक्छन् । त्यसबाहेक सेयर बढ्नुको कारण नभएको उनले बताए ।

No comments: