September 10
नेपाली सिनेमाका चर्चित निर्देशक सुरज सुब्बा ‘नाल्बो’ हालै मात्र अमेरिकामा सम्पन्न भएको ‘मिस नेपाल यूएस’मा मुल्यांकनकर्ताको भूमिका निर्वाहा गरेर फर्किएका छन् । अमेरिकामा आयोजना हुने यो वृहत्त सौन्दर्य प्रतियोगीतामा सहभागी भएपछि सुरजले नयाँ पहिचान र सम्बन्ध पाएको बताए ।

घटना र बिचार.कमसँग कुरा गर्दै सुरजले भने-‘मैले अमेरिकामा रहेका नेपालीको मन निक्कै ठूलो पाएँ । उनीहरु राम्रा नेपाली सिनेमालाई साथ दिन सधै आतुर छन् ।’ सुरजले नेपाली सिनेमाको विकास र विस्तारका लागि आफू सधै नै लागिपर्ने बताए । सुरजका अनुसार अमेरिकामा रहने नेपालीहरुले त्यहाँ नेपाली सिनेमा मात्र चल्ने गरि नयाँ हल बनाउँदैछन् ।
उनले अमेरिकामा रहेका नेपाली कलाकारहरु यस्ता किसिमका कार्यक्रमबाट केही टाढा हुने गरेको समेत बताए । उनले भने-‘अमेरिकामा रहेका नेपाली कलाकारहरु यस्ता कार्यक्रममा खासै सहभागी भएको मैले पाइन । आयोजकले पनि कलाकारहरु टाढा भएपछि त्यता तर्फ ध्यान दिएका छैनन् ।
’ ‘मिस नेपाल यूएस’को समयमा सुरजले सम्मान समेत पाएका छन् । एनआरएन अध्यक्ष शेष घले लगायतका व्यक्तीहरुको हातबाट सम्मान पाउँदा खुशी लागेको भन्दै उनले सम्मानले आफूलाई नेपाललाई सिनेमाको देश भनेर चिनाउने उर्जा मिलेको बताए । उनले दर्शक नै आफ्ना लागि भगवान भएको जनाए । सुरजले अमेरिकामा रहेका दुई निर्मातासँग मिलेर चाडै नै नयाँ चलचित्र समेत बनाउने भएका छन् ।

No comments:
Post a Comment