Wednesday, September 10, 2014

जीवन लुइटेललाई भन्नुहोस् ‘ह्याप्पी बर्थ डे’

September 10
नायक जीवन लुइटेल आज आफ्नो ३३ आैं जन्मदिन मनाउँदैछन् । एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका लुइटेलले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् ।
jiwan-luitel
 वि.सं २००२ मा ‘मिस्टर नेपाल’ भएपछि जीवनको करिअरको सुरुवात भएको हो । उनको जीवनमा ‘नाई नभन्नु ल’ कोशे ढुंगा भएर आएको थियो । जीवनले चलचित्रको पर्दामा हिट गीत धेरै दिएका छन् ।

 बक्स अफिसमा गीतकै कारण जीवनका अधिकांश सिनेमा सफल मानिन्छन् ।
 जीवन छोराको पिता बनेको पनि करिब एक बर्ष भैसकेको छ ।

६ बर्ष अघि उनले बिहे गरेका थिए । नेपाली सिने नगरीमा नयाँ पुस्ताका सफल नायकको रुपमा उनलाई चिनिन्छ । नायक लुइटेललाई घटना र बिचार.कमको तर्फबाट जन्मदिनको शुभकामना ।

No comments: