Wednesday, September 10, 2014

अशोक राईका विद्यार्थी अध्यक्षसहितको टिमद्वारा पार्टी परित्याग

September 10
काठमाडौं । संघीय समाजवादीको विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष शैलेस लामासहितका पदाधिकारीले पार्टी परित्याग गरेका छन् । उनीहरु नेकपा एमाले प्रवेशको तयारीमा छन् ।

 पार्टी परित्याग गर्नेमा महासचिव प्रवेज आलम अन्सारी, सचिव चन्द्र थिङ, सचिवालय सदस्य किरण सापकोटा, दिपेन्द्र लामा, दिपक ब्लोन र विमल मिश्र छन् । यस्तै नेवा: राज्य समिति प्रमुख निश्चल ढुंगेलसहित १३ केन्द्रीय सदस्य र सिन्धुपाल्चोकका अध्यक्षसहितको नेताहरुले पनि पार्टी परित्यागको घोषणा गरका छन् ।

 ‘पार्टीको गन्तव्य नै निश्चित नभएपछि त्यहाँ बसेर राजनीति गर्नुको अर्थ छैन’ सचिव चन्द्र थिङले
घटना र बिचार.कमसँग भने-‘पौडी खेल्ने भएपछि ठुलैमा खेल्नुपर्छ भन्ने हो र उनले अगाडी थपे त्यो पार्टी पोखरी  हो र हामी त्यहाँको भ्यागुता जस्तो लाग्न थल्यो  ।

’ उनका अनुसार एमालेमा फकिँदा दिइने जिम्मेवारीबारे सहमति भएको छ । शैलेसलाई पदाधिकारी वा स्थायी समितिमा लैजाने सहमति भएको छ ।

एमाले छाड्नु अघि उनी सचिवालय सदस्य थिए । यस्तै अग्रगामी विद्यार्थी युनियनका पदाधिकारीलाई अनेरास्ववियुमा सचिवालय सदस्य, सचिवालय सदस्यलाई केन्द्रय सदस्य र केन्द्रीय सदस्यलाई राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य बनाउने सहमति भएको छ ।

No comments: