Wednesday, September 10, 2014

कांग्रेस-एमालेलाई ‘प्रचण्ड फोबिया’ भयोः प्रचण्ड 'सर्वपक्षीय सम्मेलनको आविश्कारक प्रधानमन्त्री'

September 10
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमालेलाई ‘प्रचण्ड फोबिया’ भएको दावी गरेका छन् । बुधबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूलाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाउन कांग्रेस र एमालेलाई फलामको किन च्यूरा भएको भनि प्रश्न गरेका छन् ।
 
 उनले भने-‘एमाओवादी तेस्रो पार्टी भयो सकियो पनि भन्ने । प्रचण्ड अब बिलायो पनि भन्ने । फेरि त्यो (संयन्त्रको संयोजक) भए के-के हुन्छ पनि ठान्ने ।’ प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन र संविधान निर्माणका लागि विश्वासको वातावरण बनाउन राजनीतिक समिति आवश्यक रहेको बताए ।  

सर्वपक्षीय सम्मेलनको आविश्कारक प्रधानमन्त्री
एमाओवादी अध्यक्ष प्रचण्डले दुई माओवादी मिलेर संविधान नबनाउने खेलमा लागेको आरोपको खण्डन गरे । यसले आफूलाई नमिठो र दुःख लागेको बताए । सर्वपक्षीय सम्मेलनको आविश्कारक एमाओवादी नभए प्रधानमन्त्री सुशील कोइराला भएको उनले बताए ।

 उनले भने-‘सुशीलजी आफैंले बैद्यजीलाई एक्लै भेटेर सकारात्मक छु भन्नु भएको हो । भनेपछि अब गर्नुपर्छ ।’ अहिले एमाओवादीलाई दोष दिनु ठूलो बेइमानी हुने उनको भनाइ थियो । बैद्य आफ्नो पुरानो र नजिकको साथी भएको भन्ने प्रधानमन्त्री कोइरालाको भनाइ आएको भन्दै उनले भने-अब बैद्यसँग मिलेर संविधान नबनाउने हो भने त सुशीलजी नै एक नम्बरमा पर्नुहुन्छ । तर, मैले आरोप लगाएको खोजेको होइन, तर्क त यसो पनि गर्न सकिन्छ ।’

 म नै जिम्मेवार
एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनका क्रममा बैद्य माओवादीको माग अनुसार चुनाव समय सार्न आफूले नमानेको स्वीकार गरे । चुनावमा भाग लिन बैद्यको सर्त पूरा गर्न तत्कालीन खिलराज रेग्मी सरकार हटाउने वा मंसिर ४ को चुनाव सार्नु पर्ने अवस्था रहेको भन्दै उनले भने-हामीले ल्याउन नचाहेको होइन ।

 तर समय सार्न हुन्न भन्नेको मैले हो । यसमा मिलाएर जाउँ भनेको हो । यसमा म नै मुख्य जिम्मेवार छ ।’ तर, त्यसबेला चुनाव सारेर भएपनि बैद्य माओवादीलाई सहभागी गराएको भए हुन्थ्यो भन्नेमा कांग्रेस र एमालेका केही नेताहरु समेत पुगेको उनले बताए

प्रक्रिया भन्न पाइन्न 
एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेको समस्याको जड सरकारमा भएका पार्टीहरु नै भएको बताए । कांग्रेस र एमालेले सहमतिका लागि कोसिस नै नगरेको भन्दै उनले उनीहरुले अहिले प्रक्रिया भन्न नपाउने बताए ।

सहमतिका लागि अन्तिमसम्म पहल गर्नु पर्ने उनले भने-‘सहमतिको प्रयास नै नगरी प्रक्रिया भन्नु भनेको देशलाई दुर्घटनातिर लैजाने गम्भीर भूल हुन्छ ।’

No comments: